अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गर्दैछन् : भिक्टर पौडेल

अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गर्दैछन् : भिक्टर पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालका अभियन्ता तथा रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकलाई लक्षित गर्दै अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गरेको टिप्पणी गरेका छन् ।

अभियन्ता पौडेलले बाढीमा आफन्त हराएका वा गुमाएका मानिसहरू पीडा र तनावमा भएका बेला रास्वपाका अन्धसमर्थकले उल्टै घाउमा नुन छर्किने काम गर्नु उचित नभएको बताए ।

प्रभावित परिवारले गुहार माग्दा सरकारबाट पर्याप्त चासो र आश्वासन नपाएपछि आक्रोश पोख्नु र सरकारलाई गाली गर्नु स्वाभाविक भएको उनले बताए । तर पीडामा रहेका नागरिकमाथि रास्वपा तथा सरकारका अन्धसमर्थकहरूले उल्टै घाउमा नुन छर्किने काम गरेको उनको आरोप छ ।

उनले फेसबूकमा लेखेका छन्, ‘ आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन् । उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि निराशा पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो तर रास्वपा र सरकारका अन्धसमर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्किने काम गरेका छन् ! त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ … अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दैछन् ।’