काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्वदेश फर्केकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसमक्ष राजिनामा दिएर शेर्पा परिवार लिन अस्ट्रेलिया पुगेकी थिईन् । उनले पारिवारीक व्यवस्थापनाको लागी दुई साताको समय मागेकी थिईन् । शेर्पा नेपाल पुगेलगत्तै उनको राजिनामा स्विकृत गर्ने सरकारको तयारी छ ।
दूतावास स्रोतकाअनुसार शेर्पा बुधवार सांझ चाइना साउदर्नवाट सपरिवार स्वदेश फर्केकी छिन्। उनी अस्ट्रेलिया पुगेपछि पारिवारिक व्यवस्थापनमा जुटेकी थिइन्। अस्ट्रेलिया बसाईको क्रममा उनी कुनै पनि अफिसियल काममा भने सहभागी भईनन् ।
परराष्ट्रमन्त्रालयले पनि शेर्पाको जिम्मेवारी राजदूतावासमा कार्यरत डिसिएम रहेकी उपसचिव द्रुपदा सापकोटालाई कामु राजदूतको जिम्मेवारी दिइसकेको छ । सापकोटाले नै शेर्पा अस्ट्रेलिया हुंदै कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी राजधानी क्यानबेरा बसुन्जेल कामकाजमा भने सरिक नभएको स्रोतको दाबी छ ।
परराष्ट्रमन्त्रालयले शेर्पालाई दुई साताभित्र निजी व्यवस्थापन सकेर स्वदेश फर्कन निर्देशन दिएको थियो। शेर्पालाई दूतावासका कर्मचारी र केही निकटस्थहरुले क्यानवेरा विमानस्थलमा विदा गरेका थिए । उनि क्यानवेराबाट सिड्नी हुंदै नेपाल फर्केकी हुन् । फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने भन्दै विदा मागेकी छिन् ।
उनका सवारी चालक वाङचु शेर्पाले पैसा लिएर अस्ट्रेलिया ल्याएको र त्यसपछि आफुलाई दुख दिएको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी थिइन्। परराष्ट्रमन्त्रालयले घटनाको छानविन गर्न तीन सदस्यिय छानविन समिति नै गठन गरेको थियो । उक्त घटनापछि पनि उनलाई पदमा राखिरहन नहुने सुझाव छानविन समितिले सरकारलाई दिएको थियो ।




प्रतिक्रिया