एसीसी प्रिमियर कप : ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप : ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्दैछ ।

बायुमास क्रिकेट ओभलमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

यता, ओमान भने समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।