गगनको आरोप-प्रधानमन्त्री निजी क्षेत्रमैत्री छैनन्

गगनको आरोप-प्रधानमन्त्री निजी क्षेत्रमैत्री छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगााएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभापति थापाले भने, ‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । यो मेरो आफ्नो बुझाइमा मात्र हैन, हि हेट्स प्राइभेट सेक्टर।’

उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि दाबी गरे । ‘मैले अनुमानको आधारमा भनेको होइन । उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू यस्तै छन्’, थापाले भने ।

सभापति थापाले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे सरकारले गरेको निर्णयहरूलाई आधारका रुपमा आफूले प्रधानमान्त्री निजी क्षेत्र मैत्री नरहेको निष्कर्षमा पुगेको बताए ।

सरकार आफैँले उद्योग सञ्चालन गर्नुभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा उनले जोड दिए। सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।