नेपाली नागरिकता लिने भारतीय कारागार चलान

नेपाली नागरिकता लिने भारतीय कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा – झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ ।

भारत घर भई सुनसरीको हरिनगर गाउपालिका-३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करबहादुर राईको इजलासले साहलाई र्पुपक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साहलाई नागरिकता ऐन २०६३ को दफा २१९१० बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारकोतर्फबाट बहस गरेका अधिवक्ता शङ्करप्रसाद पोखरेलले जानकारी दिए । रासस