छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोकस्थित सडकमा सु.प.प्र ०१–००२ स ६११ नम्बरको अटोले सु.प.प्र ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८  बस्ने १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–१ स्थित सडकमा भे१३प ३५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गुलरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दियाको राजापुर नगरपालिका–४ भन्सार चोकस्थित सडकमा भे१ज १८६८ नम्बरको ईभीको ठक्करबाट पैदलयात्री राजापुर नगरपालिका–४ राजापुर बस्ने अन्दाजी ६० वर्षीय धनीराम चौधरीको मृत्यु भएको छ । आईतबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नेपालगञ्ज बाँकेमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ केवलानी चोकस्थित सडकमा सेमरा बजारबाट मंगलापुरतर्फ जाँदै गरेको लु३६प ८१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका–१ शंखरनगर बस्ने ४७ वर्षीय तुलसीराम खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।