३ प्रदेशका सडक अवरुद्ध, बागमतीका ५ खण्ड पूर्णरुपमा बन्द

३ प्रदेशका सडक अवरुद्ध, बागमतीका ५ खण्ड पूर्णरुपमा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशका विभिन्न स्थानमा परेको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक निर्माणका कारण प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ।

सडकको पछिल्लो अवस्थाअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही महत्वपूर्ण सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशअन्तर्गत रसुवाको मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्ड तथा पासाङल्हामु सडकखण्ड समेत अवरुद्ध रहेको जनाइएको छ।

रसुवा: मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध।

नुवाकोट: टोखा–छहरे तथा पासाङल्हामु सडकखण्ड अवरुद्ध।

धादिङ: पृथ्वी राजमार्गको बेनीघाट रोराङ क्षेत्रमा पहिरोका कारण यातायात प्रभावित। केही स्थानमा सडक पूर्ण अवरुद्ध र केही ठाउँमा एकतर्फी यातायात सञ्चालन।

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सडकको अवस्थाअनुसार एकतर्फी सवारी सञ्चालन।

मनाङ: चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्यका कारण साना सवारी साधन मात्र सञ्चालनमा।

हुम्ला: कर्णाली करिडोरको एक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेकाे प्रहरीले जनाएकाे छ ।

लगातारको वर्षाका कारण थप बाढी तथा पहिरोको जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरिएको छ।