काठमाण्डु – सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबिच मंगलबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा उनीहरूको भेट भएको हो ।
भेटमा संघीय संसदलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम, डिजिटल संसद्को सन्दर्भ, चालू अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको थियो ।




प्रतिक्रिया