एमाले महासचिव पोखरेलको प्रश्न-यो नांगो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?

एमाले महासचिव पोखरेलको प्रश्न-यो नांगो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न गरेका छन्।

‘एमालेले ग्यास लुकायो’ भन्ने आरोप लागेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहलाई प्रश्न गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गर्ने ? यो नांगो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?’

यसअघि एमालेले पनि ग्यास आपूर्तिको विषयमा आफूलाई जोडेर भ्रम फैलाइएको दाबी गरेको थियो। एमालेले दैनिक सामग्रीको आपूर्ति तथा व्यवस्थापन गर्न नसक्ने, कालोबजारी नियन्त्रणमा असफल हुने र जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसक्ने सरकार आफ्नो कमजोरी ढाकछोप गर्न ‘एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचारमा लागेको आरोप लगाएको थियो।

ललितपुरको पौडेलथरका व्यापारीसँग सम्बन्धित पुरानो र असम्बन्धित भिडियोलाई एमालेसँग जोडेर पार्टीको बदनाम गर्न खोजिएको दाबी गर्दै एमालेले त्यसलाई सुनियोजित दुष्प्रचार र राजनीतिक षड्यन्त्र भनेको छ। आफ्ना कुनै पनि सदस्यले ग्यास लुकाएको आरोप पुष्टि गर्ने तथ्य वा प्रमाण नभएको पार्टीको दाबी छ।

साथै, झुटा सूचना, अफवाह र भ्रम फैलाउनेलाई यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिँदै कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने बताएको छ।