एसियन गेम्स महिला भलिबल : नेपाल र जापान भिड्दै

एसियन गेम्स महिला भलिबल : नेपाल र जापान भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको पहिलो बुधबार हुँदैछ । नेपालको महिला भलिबल टोलीले जापानसँग बुधबार प्रतिष्पर्धा गर्दैछ ।

नेपाल–जापानबीच पार्क एरिना कोमाकीमा नेपाली समय अनुसार दिउँसोको ४ बजे खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो।

नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ औं स्थानमा छ भने जापान छैटौं स्थानमा छ। समूह ‘ए’ मा नेपाल, जापान र इन्डोनेसिया रहेको छ। विश्व वरियतामा ५३ औं स्थानमा रहेको इन्डोनेसियासँग नेपालले बिहीबार खेल्ने छ।

२० औं एसियन गेम्सको औपचारिक उद्घाटन असोज ३ गते मा हुने भएपनि सेप्टेम्बर १० देखि नै समूह चरणका विभिन्न खेल सुरु भइसकेका छन्।

नेपालबाट यस पटक एसियन गेम्समा विभिन्न २१ खेल सहभागी हुँदा भलिबलमा महिला टोली मात्र सहभागी छ ।