सर्वदलीय बैठकले गर्‍यो तीन निर्णय

सर्वदलीय बैठकले गर्‍यो तीन निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गरिने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्याका आधारमा एक हप्ताभित्र विशेष समिति गठन गर्ने सहमति गरेको हो।

बैठकमा भोटेकोशीसहित बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा सरकारले सञ्चालन गरेका खोजी तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कामको समीक्षा गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

विशेष समितिले प्रभावित क्षेत्रमा भइरहेका कामको समन्वय तथा अनुगमनमा भूमिका खेल्ने बताइएको छ।

यस्ता छन् निर्णयहरु:-

रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी भएका दलहरूको सिटको आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउने ।

भोटेकोशीको बाढी पछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको क्षेत्रमा अहिलेसम्म सरकारले गरेको काम, राजनीतिक दलहरूले गरेको महत्त्वपूर्ण कामबारे गम्भीर समीक्षा ।

यो राजनीतिक संयन्त्रलाई कायमै राख्ने ।

रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्र कायमै राख्ने ।