काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेनसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री बालेनले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे ।
राजदूत तोरुले दु:खको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुन:स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटवार्ताका क्रममा नेपाल–जापान आपसी सम्बन्धका विविध आयामहरूमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ ।




प्रतिक्रिया