काठमाण्डु – दशैँमा सर्वसाधारणले १०० रुपैयाँसम्मको खुद्रा नोटका लागि बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने गरी एटीएमबाटै झिक्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
दशैँलाई लक्षित गर्दै बैंकले एटीएम मशिनहरूबाटै १०० रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको हो ।
पत्राचारअनुसार बैंकहरूले तयारी गर्ने राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठले जानकारी दिइन् । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंकहरूलाई पत्र पठाउँदै १०० रुपैयाँको नोट एटीएमबाट निकाल्न सकिने गरी व्यवस्थापन मिलाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले बैंकहरूलाई पत्र पठाइसकेकाले अब सम्बन्धित बैंकहरूले आफ्ना एटीएम मशिनमा १०० रुपैयाँका नोट मिलाएर राख्नासाथ सेवा सुरु हुनेछ ।




प्रतिक्रिया