ग्यास सिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाएर बिक्री गर्नू : ग्यास उद्योग संघ

ग्यास सिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाएर बिक्री गर्नू : ग्यास उद्योग संघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाएर बिक्री गर्ने व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तिमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रतिसिलिण्डर २ हजार १६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो ।

कृष्णभीरमा वैकल्पिक ट्रयाक खोलेर यातायात सञ्चालन भएसँगै संघले २ हजार ६० रुपैयाँमा सिलिण्डर बिक्री गर्न आग्रह गरेको छ । संघले २ हजार ६० रुपैयाँमा नबढाई बिक्री वितरण गर्न सम्पूर्ण बिक्रेताहरूलाई सूचित गराएको छ ।