यसरी हुँदैछ माथिल्लो त्रिशूली-१ को सुरुङमा खोजी (तस्बिरसहित)

यसरी हुँदैछ माथिल्लो त्रिशूली-१ को सुरुङमा खोजी (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीले क्षातिग्रस्त रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी कार्य जारी रहेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित आयोजनाको सुरुङमा नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ ।

खोजीका क्रममा उद्धार टोलीले अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई बाहिर निकालेको छ।

टनेल भित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जानकारी दिएको छ।