१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा काे ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा काे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले गरेको निर्णयअनुसार बेलायतका लागि गौरव राणा, जर्मनीका लागि सरु जोशी, भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्मालाई राजदूत सिफारिस गरिएको छ।

सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाउनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ।

अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन्।

१३ देशका लागि प्रस्तावित राजदूतहरू:-
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके)
५. जिग्यान कुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया