काठमाण्डु– अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्ले र एस जयशंकर बीच शुक्रबार भेटवार्ता भएको हो ।
उनीहरुबीच आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीच समग्र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको एस जयशंकरले जानकारी दिए ।
उनले लेखेका छन् ‘आज नयाँदिल्लीमा नेपालको अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्न पाउँदा खुसी लाग्यो। हालै आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेँ। साथै, विशेषगरी आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीच समग्र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल गर्यौँ।’

आजै अर्थमन्त्री वाग्ले नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच छलफलमा सहभागि भएका छन्।
छलफलमा भारतका पूर्व विदेश सचिव तथा नेपालका पूर्वराजदूत श्यामशरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन र पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज सरन सहभागी थिए।




प्रतिक्रिया