काठमाण्डु– भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत संविधान दिवसको शुभकामना दिँदै उनले नेपाल र भारतबीचको मित्रतालाई आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका हुन् ।
नेपाली समकक्षी शिशिर खनाललाई सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको लामो समयदेखिको मित्रता स्मरण गरेका छन् ।
‘नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना,’ जयशंकरले लेखेका छन् ।
‘हाम्रो गहिरो र चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान प्रतिबद्ध छौं,’ उनले भनेका छन् ।




प्रतिक्रिया