देवानगञ्जमा गोली प्रहारबाट १ युवक घाइते

देवानगञ्जमा गोली प्रहारबाट १ युवक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहारबाट १ युवक घाइते भएका छन् ।

देवानगञ्ज गाउपालिका–१ का निरज यादवको तीघ्रामा गोली लागेर उनी घाइते भएका छन् ।

घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै प्रहरी परिचालन गरिएको जानकारी दिए ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।