काठमाण्डु– नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि साझा प्रतिवेदन तयार पारेर सचिवालय हुँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।
कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महेश बस्नेतले यस्ताे जानकारी दिएका हुन् ।
उनका अनुसार कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य–सचिव शंकर पोखरेलले छुट्टाछुट्टै तयार पारेका मस्यौदा बैठकमा प्रस्तुत गरिएको थियो। ती दुवै मस्यौदालाई आधार बनाएर साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी यसअघि तोकिएका तीन नेतालाई नै दिइएको बस्नेतले बताए।
बस्नेतले पार्टी विभाजन होस् भन्ने चाहना राख्ने परिस्थिति समेत रहेको उल्लेख गर्दै त्यस्ता सबै पक्षलाई ध्यानमा राखेर विवाद समाधानको प्रयास भइरहेको बताए।
‘बलथलीको बैठकपछि आएका सबै मस्यौदा र प्रस्तावलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउने जिम्मेवारी तीन जना नेतालाई दिइएको थियो,’ उनले भने, ‘त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आएको छ। त्यसलाई छलफलको मुख्य आधार बनाइएको छ।’
उनले प्रतिवेदनमा समेटिएका विषयमाथि थप छलफल र आवश्यक व्याख्या गरेर पार्टीको नेतृत्व तहमा लैजाने तयारी भइरहेको जानकारी दिए।
यस्तै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति भएको समेत जानकारी दिए ।
उनले भने ‘अध्यक्षको राजीनामा माग्ने अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने अध्यक्षको आलोचना कहीँ कतै नगर्ने त्यसपछि पार्टीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक डाक्ने कि नडाक्ने, यस सन्दर्भमा पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी, पार्टीलाई जुझारु ढंगले अगाडि बढाउने गरी, वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधी, निरंकुश र जनविरोधी शैलीको सशक्त आन्दोलन गर्ने ढंगले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको छ।’




प्रतिक्रिया