वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने निर्णय, सतर्क रहन आग्रह

वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने निर्णय, सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षा हुन सक्ने सम्भावनाबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा छलफल भएको छ ।

बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले मौसमी प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे जानकारी गराएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैठकले वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने निर्णय गरेको छ । सम्भावित वर्षा र त्यसबाट पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक तयारी गर्न सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णयसमेत बैठकले गरेको छ ।

यसैगरी, भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानमा कनेक्टिभिटी सञ्चालन गर्न विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकले उपलब्ध स्रोतसाधन तथा सहयोग गर्न इच्छुक संघसंस्थाको सहयोगसमेत परिचालन गरी झोलुङ्गे पुल निर्माणको प्रक्रिया यथाशीघ्र अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्राधिकरणले बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण हुन सक्ने वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसमी अवस्थाको निगरानी र आवश्यक पूर्व तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।