एमालेले गर्‍यो कार्यदलको प्रतिवेदन पारित

एमालेले गर्‍यो कार्यदलको प्रतिवेदन पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

जारी बैठकले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर अनुमोदन गरेको हो ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रतिवेदन सुझावसहित पारित भएको जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमा पार्टी अध्यक्षको राजीनामा माग्ने वा विशेष महाधिवेशन बोलाउने विषय समावेश गरिएको छैन ।

यसअघि निर्वाचन समीक्षाका क्रममा छुट्टाछुट्टै तीनवटा प्रतिवेदन तयार भएका थिए । ती प्रतिवेदनका विषयवस्तुलाई समेटेर कार्यदलले एकीकृत प्रतिवेदन तयार पारेको एमालेले जनाएको छ ।

अब पारित प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।