पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको छ : ओली

पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट एमालेमाथि प्रहार भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै उनले पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको बतामए ।

यस्तो बेलामा अध्यक्ष हटाउनुपर्छ भनेर रमिता देखाएको उनले टिप्पणी गरे । राजनीतिक रुपमा सरकारको शैलीको प्रतिवाद गर्नुपर्ने अवस्थामा महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरुद्ध उभिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

एमाले राष्ट्रियतामा स्पष्ट अडान राखेकाले सरकारमा हुने तत्त्वबाहेक सबैभन्दा क्षति एमालेमाथि भएको उनको भनाइ छ ।

ओलीले एमालेमाथि झुटा लान्छना र आरोप लगाएर हिँड्ने क्रम बढिरहेको पनि बताए। उनले भने, ‘अरुमाथि भन्दा हामीमाथि प्रहार बढी छ। स्वभाविक रुपमा अध्यक्ष र नेताको हैसियतले सबैभन्दा बढी प्रहार ममाथि केन्द्रित गरिएको छ। चाहे सामाजिक सञ्जाल होस् वा मिडियाबाट। सरकार बन्ने बित्तिकै पहिलो काम एमाले अध्यक्षलाई गिरफ्तार गरिन्छ। बिना आरोप, बिना पुष्टि, प्रतिशोधपूर्ण ढंगले।’

उनले एमाले एकजुट भएर अगाडि बढ्नुपर्ने बेला पार्टीभित्रै केही व्यक्ति समस्या सिर्जना गर्न उद्दत भएको बताए। ‘पार्टी कमिटीमा छलफल बहस हुन सक्थ्यो तर मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भनेर अभिव्यक्त दिन थाले। विपक्षीलाई मलजल हुने काम भयो। यस्ता अनुशासनहीन काम हुनुहुँदैन,’ ओलीले भने ।

‘मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने। पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन,’ उनले भने।