परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको वार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे ।

साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका थिए । उनले सामाजीक सञ्जालमा लेखेका छन् ‘आज न्यूयोर्कमा महामहिम श्री शिशिर खनालसँग भेट्न पाउँदा खुसी लागेको छ। नेपालको यस कठिन परिस्थितिमा भुटानको ऐक्यबद्धता रहेको कुरा मैले पुनः दोहोर्‍याएँ। साथै, नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायहरूको पुनःस्थापना र पुनर्निर्माणका लागि शुभकामना व्यक्त गरेँ।’

परराष्ट्रमन्त्री खनालले भुटानको सहयोगका लागि नेपाल सरकार र जनताले उच्च कदर गरेको स्मरण समेत गराए ।