एमाले केन्द्रीय कमिटी बैठक आजपनि जारी

एमाले केन्द्रीय कमिटी बैठक आजपनि जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने छ। बैठक बिहान ९ बजेबाट भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको समग्र अवस्था, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्नेछन्। त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेका नौवटा एजेण्डामध्ये आठवटामा आजदेखि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ।

आजको बैठकमा केन्द्रीय कमिटीमा सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनलगायतका संगठनात्मक विषय पनि अघि बढ्ने बताइएको छ।

त्यसैगरी, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा पार्टीले आफ्नो धारणा तय गर्ने तयारी गरेको छ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा संगठन सुदृढीकरणसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे समेत छलफल भइरहेको छ।