बाढीपछिको पुनर्निर्माणमा नेपाललाई साथ दिने ईयू उपाध्यक्षको प्रतिबद्धता

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई साथ दिने ईयू उपाध्यक्षको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागी न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खनाल र रिबेरासँग भेटवार्ता भएको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको भोटेकोशी बाढीपछि रिबेराले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेकी थिइन्।

भेटवार्तामा नेपाल–युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न विषयमा छलफल भएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोगले जनाएको छ।

दुवै पक्षले बाढीपछि नेपालको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटमा नेपाल र ईयूबीचको सहकार्यलाई आगामी दिनमा थप गहिरो बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।