नेपाललाई आपत्कालीनदेखि दीर्घकालीन सहयोग गर्ने जापानको प्रतिबद्धता

नेपाललाई आपत्कालीनदेखि दीर्घकालीन सहयोग गर्ने जापानको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले भेटवार्ता गरेका छन् ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागी न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खनाल र मोटेगीबीच भेटवार्ता भएको हो ।

भेटमा विपद्पछिको अवस्थामा नेपाललाई आपत्कालीनदेखि दीर्घकालीन चरणसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मोटेगीले विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले जापानले ३० लाख अमेरिकी डलरको आपत्कालीन अनुदान, राहत सामग्री, विज्ञ टोली र डीएनए परीक्षण उपकरण उपलब्ध गराउने जानकारी दिए।

उनले जापान नेपालको साथमा रहेको बताउँदै पूर्वाधार विकास, घरेलु उद्योग र उच्च गुणस्तरीय शिक्षाका क्षेत्रमा समेत सहयोग निरन्तरता दिने बताए।

परराष्ट्रमन्त्री खनालले जापान सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति र सहयोगप्रति आभार व्यक्त गर्दै बेपत्ता रहेका जापानीसहित विदेशी नागरिकको खोज तथा उद्धारमा नेपालले निरन्तर प्रयास गरिरहेको बताए।

भेटमा जापान–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्ष र आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ बारे पनि छलफल भएको थियो।