काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको नेप्सेले जनाएको छ।
प्राविधिक समस्या समाधान भएसँगै आज २०८३ असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत रूपमा कारोबार सञ्चालन हुने नेप्सेले जानकारी दिएको छ।
नेप्सेले कारोबार सदस्य तथा सम्बन्धित सबैलाई पूर्ववत रूपमा कारोबार सञ्चालन हुने व्यहोरा जानकारी गराएको हो।
डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।




प्रतिक्रिया