नेप्से परिसूचक ७.०६ अंकले बढ्यो

नेप्से परिसूचक ७.०६ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७.०६ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर २ हजार ६५४ दशमलव २८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ५३ अंकले बढेर १८२ दशमलव ९९ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ६८ अंकले बढेर १६० मा पुगेको छ ।

मंगलबार विभिन्न कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ७ उपसमूह बढ्यो भने ६ उपसमूहमा घटेको छ । १३८ कम्पनीको शेयर बढ्यो भने १३० कम्पनीको शेयर घटेको छ ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत् लगायतका लगानीकर्ताले कमाएका छन् ।