प्रधानमन्त्री बालेन न्युयोर्क प्रस्थान

प्रधानमन्त्री बालेन न्युयोर्क प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

उनलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यबाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन् ।

प्रधानमन्त्री शाह दोहाबाट असोज ७ गते बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत लगायतका अधिकारीहरूले स्वागत गर्नेछन् । सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमश: ब्रिफिङ गर्नेछन् ।

त्यसलगत्तै प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ ।

असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान गर्नेछन् । प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यबाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन् ।

प्रधानमन्त्री शाह असोज १० गते काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने कार्यतालिका छ ।