बंगालको खाडीको न्यून चापीय प्रभावले २ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

बंगालको खाडीको न्यून चापीय प्रभावले २ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ अर्थात् बलियो न्यून चापीय क्षेत्रमा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले आगामी दिनमा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल बागमती प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

मंगलबार राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी तथा बागमती प्रदेशको पहाडी र तराई भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशको थोरै स्थानमा तथा बागमती प्रदेशको पहाडी र तराई भूभाग एवं गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी तथा तराई भूभागका १–२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका १–२ स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।