यी चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । यसका साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम-मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने र तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

बु्धबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशको पहाडी र तराई भूभाग एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

कोशी, बागमती, ग०डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।