राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य हमला गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने भन्ने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताएका छन्।

मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्प द्वन्द्व समाधान नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनीसमेत दिए।

खचाखच भरिएको महासभा कक्षमा बोल्दै ट्रम्पले विश्व सरकारको अवधारणालाई अस्वीकार गरे। उनले रुस–युक्रेन युद्धमा शान्ति स्थापना गर्न पहल गर्ने र कृत्रिम बुद्धिमत्ताको प्रतिस्पर्धामा अमेरिकालाई अग्रस्थानमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

ट्रम्पले इरानसँगको द्वन्द्वका कारण तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सफल भएको दाबी गरेका छन्। उनले आफूले अघि सारेको शक्तिमार्फत शान्ति नीतिको प्रभावसमेत यसबाट देखिएको बताएका छन्। उनका अनुसार यस नीतिमा सम्झौता वा समझदारीभन्दा बढी कडा अल्टिमेटम र दबाबलाई प्राथमिकता दिइन्छ।

ट्रम्पले आफूले लामो समयदेखि प्रयास गरिरहेको तर अहिलेसम्म हुन नसकेको इरानसँगको सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी निर्वाचनपछि हुने विश्वास व्यक्त गरे।

फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य बढेको छ भने यस घटनाले ट्रम्पको लोकप्रियता पनि प्रभावित भएको बताइएको छ।