फेरि बढ्यो अन्डाको मूल्य

फेरि बढ्यो अन्डाको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । मंगलबारदेखि लागू हुने गरी अन्डाको फार्म तथा होलसेल मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाइएको हो ।

सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ पुगेको छ।

यसअघि १९ भदौदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डाको ५९० रुपैयाँ र मिडियम अन्डाको ५५० रुपैयाँ तोकिएको थियो। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ नै कायम थियो।

फार्म तथा होलसेल मूल्य बढाइए पनि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य भने तत्काल नबढाइएको संघले जनाएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ताले यसअघि कायम मूल्यमा नै ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा दुई गोटाको ४५ रुपैयाँमा खरिद गर्न पाउनेछन्।