भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गरी तारेखमा राख्न आदेश दिएको छ।

दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो।

दाहालकी छोरी डेनी दाहालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको स्पष्ट गरेको छ।

काठमाडौं जिल्ला अदालतले यसअघि पहिलोपटक तीन दिनको म्याद थप गर्दा बयान कार्य सम्पन्न गर्नुपर्ने आधार लिएको थियो। तर, दाहालको बयान ६ गते नै सम्पन्न भइसकेको भन्दै सर्वोच्चले उनलाई थप समय हिरासतमा राखिरहनुपर्ने आधार नरहेको उल्लेख गरेको छ।

सर्वोच्चको आदेशअनुसार दाहाललाई आजैदेखि तारेखमा राखिनेछ।

‘ग्रे–जोन’ सम्बन्धी रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेको विषयलाई लिएर दाहाललाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। उनलाई ४ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो।