पूर्वाधारमन्त्री लम्साल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

पूर्वाधारमन्त्री लम्साल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन्।

शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको हो।

भेटका क्रममा राजदूत माओमिङले चीनले नेपालमा विपद्का बेला राहत तथा उद्धारका साथै पुनर्निर्माणका कार्यमा सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि नेपालसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

मन्त्री लम्सालले नेपाल–चीनबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।