संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभाबाट स्वदेश फर्किएका छन् ।

न्युयोर्कमा आयोजित महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री शाह शनिबार काठमाण्डु फर्किएका हुन् ।

प्रधानमन्त्री शाह शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी गत मंगलबार साँझ महासभामा सहभागी हुन अमेरिका गरेका थिए ।

महासभामा २४ सेप्टेम्बरमा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गरेका थिए । सम्बोधनमा उनले नेपालको पछिल्लो भोटेकोशी–त्रिशूली बाढीपहिरोलाई जलवायु संकटको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै विश्व समुदायलाई जलवायु न्यायका लागि ठोस कदम चाल्न आग्रह गरेका थिए ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै नेपालको मात्रै विपद् नभएर विश्वका लागि चेतावनी भएको बताएका थिए । उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, हिमनदी आसपासको जमिन कमजोर हुँदै जाँदा हिमपहिरो, बाढी, पहिरो र अन्य जोखिम बढिरहेको बताएका थिए ।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले नेपालका प्राथमिकता, जलवायु संकट, हिमाली क्षेत्रको जोखिम, विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपालको पछिल्लो अवस्थाबारे धारणा राखेका थिए ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालको मुख्य सन्देश भोटेकोशी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनसँग जोड्दै जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण र जोखिममा रहेका मुलुकका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने विषयमा केन्द्रित रहेको थियो । भ्रमणपूर्व नै सरकारले उनको महासभा सहभागितालाई नेपालको जलवायु मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरका रूपमा अघि सारेको थियो ।