धादिङ – जिल्लाको ज्वालामुखी गाउँपालिका–६ सातभञ्ज्याङमा प्रहरीले जुवातास खेल्दाखेल्दै ८ जनालाई पक्राउ गरेको छ ।
स्थानीय ४५ वर्षीय अर्जुन अर्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार ४९० रूपैयाँ र २१५ पत्ति ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया