काठमाण्डु– चाडपर्वको अवसरमा प्रिमियम विद्युतीय सवारी ब्रान्ड एक्सपेङले ग्राहकका लागि १२ लाख रुपैयाँसम्मको विशेष छुटसहित ‘सेलीब्रेसन अपग्रेट’ अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले एक्सपेङ जी-6 को घरमै टेस्ट ड्राइभ गर्न सक्नेछन्। यस सुविधामार्फत ग्राहकले घरबाटै जी-6 को प्रविधि, आराम तथा विद्युतीय ड्राइभिङ अनुभव लिन सक्नेछन्।
विशेष अफरमा ६.६ किलोवाटको होम चार्जर, एक वर्षको बीमा र एक आर्थिक वर्षको रोड ट्याक्स समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनामार्फत ग्राहकले थप सुविधा र छुटसहित एक्सपेङ जी-6 खरिद गर्न सक्नेछन्। कम्पनीले जी-6 लाई स्मार्ट प्रविधि र प्रिमियम सुविधासहितको विद्युतीय मोबिलिटीको विकल्पका रूपमा प्रस्तुत गरेको छ।




प्रतिक्रिया