काठमाण्डु – अविरल वर्षा, हावाहुरी र बाढीपहिरोले देशैभरकान विभिन्न विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ।
विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ । बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनाहरूमा क्षति पुगेको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सोही करिडोरको कुश्मा-नयाँबुटवल खण्डको प्रसारण लाइनमा फल्ट आउँदा करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
यस्तै, १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी, २० मेगावाटको नामार्जुन मादी र मोदीलगायतका जलविद्युत् आयोजनाहरूको उत्पादन ठप्प भएको छ।
मनाङमा पहिरो जाँदा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको र प्राविधिकलाई फिल्डमा खटाइएको छ । साउन २७ गतेदेखि पहिरोका कारण १४.८ मेगावाटको घरखोला जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन बन्द छ।
त्यसैगरी, १३.६ मेगावाटको थापा खोला, ६.६ मेगावाटको रेले खोला, ५ मेगावाटको घलेम्दी हाइड्रोपावरबाट उत्पादन बिजुली बन्द भएको छ ।
यस्तै, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाट ठूलोखोलाबाट बिजुली उत्पादन बन्द भएको छ।
केही दिनअघि मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाबाट पनि बिजुली उत्पादन बन्द भएको छ। प्राधिकरणका अनुसार ३८ मेगावाटको निलगिरी-१ र ७१ मेगावाटको निलगिरी २ को उत्पादन बन्द भएको छ।
भारी वर्षा र सडक अवरुद्ध भएका कारण कतिपय दुर्गम स्थानमा प्राविधिक टोली पुग्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ ।
अविरल वर्षापछिकाे बाढी पहिराेले विद्युत पूर्वाधारमा कहाँ कहाँ क्षति (हालसम्मको विवरण)
विद्युत् प्रणालीमा देखिएको अवरोधको संक्षिप्त विवरण — २७ सेप्टेम्बर २०२६
उपलब्ध विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा बाढी, लाइन फाल्ट तथा उपकरण/लाइनको ओभरलोडका कारण ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएको देखिन्छ।
यस्तो छ क्षतिको विवरण
मुख्य अवरोधहरू
पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ।
कुस्मा–न्यू बुटवल 220 kV लाइनमा फाल्टका कारण करिब 200 MW प्रभावित।
रौघाङ-दाना Line-1 & 2 मा करिब 155 MW प्रभावित।
कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस-नामर्जुङ, सेती नदी-करुवासेट, अपर दोर्दी, मोदी लगायतका आयोजनाहरूमा बाढीका कारण उत्पादन/आपूर्ति अवरुद्ध।
पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्र करिब 400 MW भन्दा बढी क्षमता प्रभावित भएको देखिन्छ।
रौघाट क्षेत्र
न्यू बुटवल-कुस्मा 220 kV लाइनको फाल्टपछि करिब 110 MW प्रभावित।
लाइन आज बिहान 9:50 बजे पुनः सञ्चालनमा आउने अपेक्षा उल्लेख गरिएको छ।
बुटवल क्षेत्रमा
न्यू भारतपुर-न्यू बुटवल 220 kV लाइनमा रुख ढलेर फाल्ट भएको थियो ।
लाइन 9:51 बजे चार्ज गरिएको उल्लेख छ।
चापर–पथलैया 132 kV लाइन Out हुँदा कावासोती SS मा 1 घण्टा Load Curtailment गरिएको छ।
हेटौंडा क्षेत्रमा
माण्डु 66 kV मा बाढीका कारण करिब 32 MW प्रभावित।
कावासोती–भारतपुर 132 kV मा भारतपुर SS मा CVT Burnt भएको उल्लेख छ।
सिमरा SS मा करिब 20 MW, अमलेखगञ्ज/परवानीपुर/वीरगञ्ज उद्योगमा करिब 80 MW, तथा काम्ने SS/उद्योगमा करिब 25 MW आपूर्ति प्रभावित।
काठमाडौं क्षेत्रमा
पाटन SS मा करिब 10 मिनेट (09:00–09:10) अवरोध।
टेकुमा पनि 10 मिनेट (09:00–09:10) अवरोध।
पाटनमा पथलैया लाइन र KL-1 स्युचाटार 66 kV एकै समयमा ओभरलोड भएको तथा बाढीका कारण MRS Emergency Supply प्रयोग गरिएको उल्लेख छ।
अन्य Load Curtailment
कावासोती SS: 20 MW, 08:00–09:15
हरदी SS: 25 MW, 08:00–09:15
सुनवल–मैनिया तथा बुटवल SS उद्योग: 50 MW, 06:02 देखि
सिमरा SS Load: 20 MW, 06:00 देखि 10:00 सम्म
अमलेखगञ्ज, परवानीपुर, वीरगञ्ज उद्योग: 80 MW, 06:01 देखि
मुख्य कारणहरू:
बाढी → प्रसारण लाइन/उत्पादन केन्द्र अवरुद्ध → लाइन फाल्ट → CVT/उपकरण समस्या → ओभरलोड → Load Curtailment।
विशेषगरी पोखरा–बुटवल 220 kV corridor र पथलैया आसपासका 132 kV लाइनहरू मा भएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय प्रभाव पारेको देखिन्छ।




प्रतिक्रिया