काठमाण्डु– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन बुधबार हुने भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति बुधबारलाई तोकेका हुन् । पर्सि दिउँसो २ बजे सभापतिको निर्वाचन हुनेछ ।
रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा असोज ५ गते संसदीय विशेष समिति गठन भएको थियो ।
१५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।




प्रतिक्रिया