काठमाण्डु– कक्रोच जनता पार्टी (सीजेपी)ले मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका छ ।
सीजेपी संस्थापक अभिजीत दिप्केले मुम्बई प्रहरीले गान्धी जयन्तीका दिन शिवाजी पार्कमा प्रस्तावित प्रदर्शनका लागि अनुमति नदिएपछि अक्टोबर २ मा ‘जेल भरो आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको थियो।
पार्टीले उनको राजीनामासमेत माग गरेको छ। साथै, मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) तत्काल रोक्न तथा निर्वाचन आयोगसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन गर्न पनि पार्टीले माग गरेको छ।
मुम्बई प्रहरीले शिवाजी पार्कमा सभा आयोजना गर्न अनुमति दिने अधिकार आफूहरूसँग नरहेको जनाएको छ। बम्बे उच्च अदालतको फैसला तथा त्यसपछि महाराष्ट्र सरकारले जारी गरेका आदेशलाई आधार बनाउँदै प्रहरीले यस्तो निर्णय गरेको हो।
प्रहरीले ध्वनि प्रदूषण, ट्राफिक जाम तथा आसपासको क्षेत्रमा आवागमन प्रभावित हुन सक्ने विषयलाई समेत चिन्ताको कारणका रूपमा उल्लेख गरेको छ। साथै, आयोजकलाई वैकल्पिक स्थान खोज्न सुझाव दिएको छ।
यसअघि दिप्केले प्रदर्शनको अनुमति अस्वीकार गरिएकोप्रति आलोचना गर्दै नागरिकको आवाज दबाउन यस्ता रणनीति अपनाउनु स्वीकार्य नहुने बताएका थिए। त्यसपछि उनले अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका हुन्।




प्रतिक्रिया