निषेधित क्षेत्र तोड्न खोजेपछि एक दर्जन डाक्टर प्रहरी हिरासतमा 

निषेधित क्षेत्र तोड्न खोजेपछि एक दर्जन डाक्टर प्रहरी हिरासतमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टर पक्राउ परेका छन् । राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोज्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको दावी गरेको छ । 

पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ । अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् । 

उनीहरुले आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।