कांग्रेस संस्थापनइतरको महाधिवेशनमा ३०० महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाइने

कांग्रेस संस्थापनइतरको महाधिवेशनमा ३०० महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसइतर समूहको महाधिवेशनका लागि केन्द्रीय सभापतिले बढीमा ३०० महाधिवेशन प्रतिनिधिलाई मनोनित गर्न पाउने भएका छन् ।

शेरबहादुर देउवालाई नै सभापति मान्दै आएको समूहले समूहले तयार गरेको निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिबाट बाधा अड्काउ फुकाउन भएको निर्णयअनुसार मनोनितको व्यवस्था गरिएको हो ।

निर्देशिकामा उल्लेख छ, ‘दफा ५१(१)(क) केन्द्रीय सभापतिले महाधिवेशनका लागि बढीमा ३०० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनित गर्न सक्नेछन् ।’

सभापतिले मनोनित गर्दा समानुपातिक समावेशीको विषयलाई ख्याल गर्नुपर्ने उल्लेख छ । यसबाहेक पार्टीको तर्फबाट पछिल्लो निर्वाचनमा पालिका अध्यक्ष, उपाध्यक्ष/प्रमुख/उपप्रमुख, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभामा उम्मेदवार भएका वा विजयी भएका, पूर्वसांसद, संविधानसभा सदस्य र पेशाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योग व्यवसायी, लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, दलित महिला र ३५ वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई समावेश गरिने निर्देशिकामा लेखिएको छ ।

मंसिरमा हुने गरी तोकिएको केन्द्रीय महाधिवेशन सभापतिको हैसियतमा देउवालाई नै अघि बढाउने संस्थापनइतर समूहको तयारी छ ।