कर्णालीका सांसद शर्मालाई पदमुक्त गर्ने निर्णय सदर, सर्वाेच्चद्वारा रिट खारेज

कर्णालीका सांसद शर्मालाई पदमुक्त गर्ने निर्णय सदर, सर्वाेच्चद्वारा रिट खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशसभा सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पत्रअनुरूप कर्णाली प्रदेशसभा सचिवालयले सांसद पद रिक्त हुने गरी कारबाहीको निर्णय गरेपछि शर्माले सर्वोच्चमा रिट दायर गरेको सोमबार खारेज भएको हो ।

सोमबार सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यसअघि कारबाही रोक्न जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने निर्णय समेत गरेको छ ।

यससँगै प्रदेशसभा सचिवालयले गरेको शर्मा पदमुक्त हुने निर्णय सदर भएको छ । तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शर्मामाथि प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लागेर पदमुक्त गरिएको थियो ।