यूएन महासभाका अध्यक्षसँग परराष्ट्रमन्त्री खनालको भेट, नेपालको जलवायु विपद्बारे छलफल

यूएन महासभाका अध्यक्षसँग परराष्ट्रमन्त्री खनालको भेट, नेपालको जलवायु विपद्बारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमान बीच भेटवार्ता भएकाे छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औँ महासभाका लागि न्यूयाेर्कमा रहेका परराष्ट्रमन्त्रीले रहमान सँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

भेटमा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।साथै, नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए।

भेटवार्ताका क्रममा महासभाका अध्यक्षका प्राथमिकतासहित विभिन्न विषयमा छलफल भएको थियो। संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ बनाउनुको महत्त्वबारे पनि छलफल भएको थियो।

भेटमा नेपालमा हालै आएको जलवायुजन्य विपद्ले पुर्‍याएको विनाशकारी प्रभावबारे समेत छलफल गरिएको थियो।