प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार बिदाइ भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किनुअघि प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गर्दै बिदाइ गरेका छन्।

राजदूत श्रीवास्तवको नेपालस्थित कार्यकाल सकिएपछि उनी भारत फर्किने तयारीमा छन्।