भोटेकोशी विपद् अध्ययन गर्ने संसदीय समितिको सभापतिमा पराजुलीको उम्मेदवारी

भोटेकोशी विपद् अध्ययन गर्ने संसदीय समितिको सभापतिमा पराजुलीको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन् ।

पार्टीको निर्णय बमोजिम मंगलबार पराजुलीले उम्मेदवारी दर्ता गराएका संघीय संसद् सचिवालयले जनाएको छ । पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य छन् भने समर्थकमा पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डाँगी छन् ।

सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा समिति सभापति चयनका लागि बुधबार निर्वाचनको मिति तोकेका थिए । सभामुख अर्यालका अनुसार समिति सभापतिको निर्वाचन बुधबार दिउँसो २ बजे हुनेछ ।

अरु सांसदको उम्मेदवारी नपरेमा पराजुली निर्विरोध सभापति निर्वाचित हुनेछन् ।