काठमाण्डु– सेयर बजार परिसूचक नेप्से मंगलबार ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।
यसदिन ३६३ वटा धितोपत्रको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये १९९ वटाको मूल्य घट्दा ६९ वटाको बढेको छ । १० वटाको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अगाडि रह्यो । कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता १ हजार २९७ रुपैयाँमा कारोबार भएको हो। यसको मूल्य अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशत घटेको छ ।
शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसको प्रतिकित्ता मूल्य ६९० रुपैयाँ कायम भएको छ ।
मूल्य बढ्नेमा आइसिएफसी फाइनान्सको डिबेन्चर २०८३ अगाडि रह्यो ।
यसको मूल्य ९.१८ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ५६ रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावरको मूल्य ६.७९ प्रतिशत बढेर ५३५ रुपैयाँ पुगेको छ ।
सिटिजन सुपर ३० म्युचुअल फण्डको मूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेर प्रतिइकाइ ९ रुपैयाँ २२ पैसा कायम भएको छ । आरबिबी म्युचुअल फण्डको मूल्य ४.६७ प्रतिशत घटेर ९ रुपैयाँ ३९ पैसामा झरेको छ ।
१३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र अन्य समूह बढेका छन् भने बाँकी ११ समूह घटेका छन् । व्यापार समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया