आईजीपी कार्कीलाई सर्वाेच्चबाट बोलावट, प्रधानन्यायाधीशसँग भेटवार्ता

आईजीपी कार्कीलाई सर्वाेच्चबाट बोलावट, प्रधानन्यायाधीशसँग भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वाेच्च अदालतबाट बोलावट आएर प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् ।

प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए । अपराह्न ४ बजे अदालत पुगेर आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग झण्डै १ घण्टा कुराकानी गरेका छन् ।

प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि सर्वाेच्चले असन्तुष्टि जनाएको थियो । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका छन् ।